राष्ट्रिय सम्मानसहित भुजेल घाटमा विपिन जोशीको अन्त्येष्टि गरियो

कञ्चनपुर, कात्तिक ४ गते । कञ्चनपुरका विपिन जोशीको मङ्गलबार महाकाली नदी को भुजेलघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । विपिनको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो ।
स्थानीय तहका जनप्रतिनिधि, नेता कार्यकर्ता, प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी स्थानीय, परिवारजन तथा शुभेच्छुकलगायतले दिवङ्गत विपिनप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
राष्ट्रिय सम्मानका साथ चितामा दागबत्ती दिएर शवको अन्त्येष्टि गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो । भुजेलाघाटमा इजरायली राजदूत, जनप्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय, आफन्त, परिवारजन, कूटनीतिक नियोगका पदाधिकारी तथा शुभेच्छुक उपस्थित थिए ।
“सिक्दै सिकाउँदै” कार्यक्रमअन्तर्गत विसं २०८० असोजमा इजरायल गएका विपिनको हमास र इजरायलबिच भएको द्वन्द्वमा परी ज्यान गएको थियो ।

LEAVE A REPLY