उपचारका क्रममा गायिका नितु पौडेलको मृत्यु

काठमाडौँ । आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको आज मृत्यु भएको छ । कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शुक्रबार बिहान साढे ८ बजे उनको मृत्यु भएको हो ।
गत शनिबार पौडेलले अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् । आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। उनले किन आत्मदाह गरीन त्यप्रति चासो भनें कायम नै छ ।
यो घटनामा प्रहरीले यसअघि गायक बाबुल गिरीलाई बोलाएर सोधपुछ गरेको थियो। अहिले पनि गिरी प्रहरीकै सम्पर्कमा रहेका छन् । उनीविरुद्ध भने कुनै जाहेरी नआएको परिसरका एक प्रहरीले जानकारी दिए ।

LEAVE A REPLY