काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग गरेर सडकमा प्रदर्शन गरिरहेका जेनजी लगायतका समुहलाई वार्ताका लागि आग्रह गरेका छन् शनिबार सुरक्षा निकायका प्रमुखसहितको छलफलपछि उनले प्रदर्शनकारी वार्तामा आए सरकार संवादका लागि तयार रहेको स्पष्ट पारे।
‘राजनीतिक माग सरकारले संवादको माध्यमबाट सम्बोधन गर्छ । संवादमा आउनुपर्यो । संवाद गर्न सरकार तयार छ । सडकमा जानु जरुरी छैन’, गृहमन्त्री अर्यालले भने। लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन नहुनेतर्फ प्रदर्शनकारी सचेत हुनुपर्ने गृहमन्त्री अर्यालको भनाई छ ।








