पुनर्निर्माण कोषमा नेशनल लाईफको एक करोड रुपैयाँ सहयोग

काठमाडौं । नेपाल सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा बीमा क्षेत्रबाट थप आर्थिक सहयोग जुटाइएको छ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक करोड रुपैयाँ चेक मंगलबार अर्थ मन्त्रालयमा हस्तान्तरण गरेका छन्।
नेशनल लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले उक्त रकम अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन्।
हालसम्म कोषमा जम्मा संकलन रकम सात करोड ५१ लाख पुगेको मन्त्रालयले जनाएको छ।
२०७१ सालको भुकम्प र जेनजी आन्दोलनको चपेटामा परेका भौतिक संरचनाको पुनर्निर्माणलाई गति दिन सरकारले उक्त कोष स्थापना गरेको हो। बीमा कम्पनीहरूबाट प्राप्त भएको सहयोगले पुनर्निर्माण प्रयासमा थप योगदान पुग्ने विश्वास गरिएको छ।

 

LEAVE A REPLY