माओवादी केन्द्रमा प्रचण्ड र जर्नादन बीच सम्वाद र विश्वास टुट्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रयतिवेला आन्तरीक द्र्रन्मा फसेको छ । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग लामो समय सम्म विवाद भएपछि वरिष्ठ नेता जनार्दन शर्मा र पार्टी ससंयोजक प्रचण्ड बीचको सम्बन्ध अहिले ‘पानीबाराबार’ बनेको मात्रै छैन । संवाद टुटेको र विश्वास पनि भत्किएको छ ।
महाधिवेशन आयोजक समितिको अन्तिम बैठकमा जनार्दन शर्माले खुलेआम बहिष्कार गर्दै प्रचण्डको नेतृत्वप्रति असहमति जनाएपछि माओवादी केन्द्र पुनः फुटको दिशामा उन्मुख भएको छ। नेतृत्व हस्तान्तरण र वैचारिक पुनर्गठनको माग गर्दै आएका शर्माले स्पष्ट रूपमा भनेका छन्—“पार्टी एकताको नाउँमा नेतृत्व सत्तामा टाँसिरहन खोज्दैछ।”
शर्माको यस्तो कडा अडानपछि प्रचण्डले समेत उनलाई मनाउने कुनै प्रयास नगरेको माओवादी भित्रकै स्रोतले जनाउँछ। बरु प्रचण्डले असन्तुष्ट नेताहरूको सुझावलाई बेवास्ता गर्दै एकीकृत समाजवादीसँगको ‘कागजी एकता’लाई अघि बढाएका छन्। यसले माओवादी केन्द्रमा लोकतान्त्रिक अभ्यासको खोक्रोपन र नेतृत्वमा गहिरो स्वेच्छाचारिताको पुष्टि गरेको छ। शर्माले प्रचण्डलाई अवसरवादी चरित्र भएको व्यक्तिका रुपमा चित्रण गरे ।
विगत चार दशकदेखि प्रचण्डसँगै संघर्ष र युद्धको यात्रामा हिँडेका जनार्दन शर्माको बहिर्गमन केवल असहमति होइन, माओवादीभित्रको नैतिक पतन को सूचक हो। उनले ललितपुरमा छुट्टै पत्रकार सम्मेलन गर्दै ‘प्रगतिशील अभियान नेपाल’ घोषणा गर्ने तयारी गरेका छन्—यो कदम माओवादीभित्र नयाँ विभाजनको औपचारिक सुरुवात हुनसक्छ।
यस्तै, एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पनि प्रचण्डसँगको भेटपछि असन्तोष प्रकट गर्दै भनेका छन्—“पहिले पार्टी पुनर्गठन गरौं, त्यसपछि एकता गरौं।” तर प्रचण्डको जवाफ थियो, “पहिले एकता गरौं, पछि पुनर्गठन गर्छौं।” यस्तो ‘पहिले सत्तामा, पछि सिद्धान्तमा’ भन्ने दृष्टिकोणले माओवादी आन्दोलनको नैतिक आधार ध्वस्त बनाइरहेको छ।

 

LEAVE A REPLY