अर्जुन प्रसाद काफ्ले
काठमाडौँ । १० बामहरु मिलेर नेपाली कम्युनिष्ट पार्टी घोषणा भएको छ । स्वार्थका लागि मिलेको यो पार्टी जीवन्तसम्म कायम रहला या फुटेर तितरबितर होला भन्ने बारेमा टिका टिप्पणी हुन थालेका छन् । विगतमा पनि नेकपा एमाले र माओवादी एकता भएर निर्वाचनमा बहुमत नल्याएका होइनन् । तर जनताले विश्वास गरेर दिएको मतको कदर गर्न नसकेर माओवादी केन्द्र, आफ्नै पार्टीमा
फर्कियो । नेकपा एमाले त फुटेर दुई टुक्रा भयो । एउटा टुक्रा संस्थापना नै रह्यो भने अर्को टुक्राले नेकपा समाजवादी पार्टी बनायो । त्यसैले अहिलेको यो दलले पनि निर्वाचनपछि यस्तै हविगत गर्ने हो या जीवन्तसम्म मिलेर रहने हो भन्ने बारे कौतुहलता जगाइरहेको छ । अप्ठ्यारो अवस्थामा मिलेका यी दल सजिलो अवस्थामै मिलेका भए देश सायद कम्युनिष्टहरुको मुलुक बन्थ्यो होला । कायापलट हुन्थ्यो होला तर विडम्वना त्यसो हुन सकेन । अहिले १० वामको नवगठित नेपाली पार्टीमा पुष्पकमल दाहाल संयोजक रहेका छन् भने माधवकुमार नेपाल सहसंयोजक रहेका छन् । ९ बुँदे प्रस्ताव पारित गर्दै बनेको यो दलमा प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादी पार्टी, सुवासराज काफ्ले नेतृत्वको जन समाजवादी पार्टी, नेपाल, राजुर्की नेतृत्वको नेकपासमाजवादी, चिरन पुन नेतृत्वको नेकपा, कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी० लगायतका पार्टी सम्मिलित छन् । संयुक्त राष्ट्रिय सम्मेलनबाट घोषणा पत्र र अन्तरिम विधान २०८२ अनुमोदन गरीएको छ । बाम गठबन्धन भनिए पनि धेरै कार्यशैली भएका पार्टीहरु बीच मिलन भएको हुँदा जनमत प्राप्त पछि पदिय भागबण्डा नमिलेकै बहानामा पार्टीमा पुनः फुट नआउला भन्न सकिने अवस्था छैन । भइरहेको पार्टी फुटेर फुटाएर बनेको पार्टीले जनमत कसरी बटुल्न सक्ला ?भइरहेको नेकपा माओवादी केन्द्रमा अन्य बामपन्थी मिल्न आएका भए त्यो दल मजबुत बन्ने कुरामा दुईमत थिएन । १० वर्षे जनयुद्धमा चर्चित बनेको पार्टीको हसिया हथौडा चिन्ह अब पाँच कुने तारामा परिणत हुने भएको छ । चिन्ह भए पनि एकता भित्र अनेकता हुने चलनले बेलाबेलामा एकता र विभाजन हुने गरेको छ ।
१० दलको एकता हुँदा माओवादी फुटेको छ । नेकपा एस ३ टुक्रा भएको छ । एउटा एमालेमा जान लागेको छ । अर्को नेपाली कम्युनिष्ट पार्टीमा गएको छ । तेस्रो टुक्रा नेकपा एस मै कायम हुने चाहना राखेको छ । माक्र्सवादी, लेनिनवादी बिचार बोकेका यी दलहरु सँधै एउटै मजबुत हुनुपर्नेमा यता र उता कता र कताको अवस्थामा हुँदा चुनावको मत परिणामपछि विगतमा नेकपा एमाले र माओवादी केन्द्र फुटेर आआफ्नै पार्टी फर्किए झैं यी साना दल पनि त्यसैको सिको नगर्लान् भन्ने स्थिति छैन । किनकी कम्युनिष्टको एकता फुटको पर्याय जस्तै बन्दै आएका छन् । नेताहरु व्यक्तिगत असमझदारी गरेर पार्टी विभाजन गर्न नेताहरु नम्बरवान छन् ।









