काठमाडौँ । नेपाली कांग्रेसको गत असोज २८ गते देखि जारी केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
कांग्रेसमा पार्टीको १५ औँ महाधिवेशनका विषयमा गहन छलफल चलिरहेको छ । संथापनपक्ष निवाचनपछि महाधिवेशन गर्नुपर्छ भनिरहेको छ भने इतरपक्ष महाधिवेशन गरेर मात्र आमा निर्वाचनमा जानुपर्छ भनेर बहस चलाइरहेको छ । जसको कारण एक महिनादेखि अनिर्णयकोबन्दी बनेको छ ।








