काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहिबार बिहान लैनचौरस्थित स्काउटको जग्गा ओगटेर बनाएको संरचनाहरुमा डोजर चलाएको छ । उक्त संरचना पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दिपक खड्काको कम्पनी खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले नबनेको थियो ।
नेपाल स्काउटले लैनचौरस्थित मूल सडकसँग जोडिएको जग्गााको भाडाबापतको बक्यौता बुझाउन खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई सात दिने अल्टिमेटम दिएको थियो।
स्काउटको ३ रोपनी रैकर जग्गा भोग चलन गर्न नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिबीच २०६५मा सम्झौता भएको थियो। १० वर्षे करार सम्झौता २०७५ सालमै सकिएको भए पनि कम्पनीले स्काउटको स्वामित्वको जग्गा छाडेको थिएन।
स्काउटले ७ दिनभित्र बहालको बक्यौता रकम तिर्न अन्तिम मौका प्रदान गरिएको सूचनामार्फत भनिएको थियो।








