राजनीतिमा सफा नियतिचाहिन्छ ।
अनि भने ओजश्वी अनुहार देख्न पाईन्छ ।।
जनताले सुख पाउने राजीतिको धोको ।
काम गर्दा भ्याईदैन,बोक्नलाई बिक्रितिको पोको ।।
गुप्ती धन्दा जस्तो रहोस् गर्ने मन छैन ।
खोजी गर्न थाल्यो भने शान्ति हुदैन ।।
राष्ट्रकै लागि गर्नु पर्ने ठूला ठूला काम ।
काम हेरी फैलिने छ , जस्को शुभ नाम ।।
काम गर्न चाहिनेनै नियतिको बल ।
जनता सँग गरिन्छ पो कामको छलफल ।।
सिद्धान्तको पहिचान जनताकै लागि ।
राम्रो काममा जनताहरु हुन्छौं सहभागी ।।
जनताका कामहरु साना ठूला हुन्छन् ।
ुसुख दुः ख जस्तो पर्छ नेताहरु सुन्छन् ।।
तल देखि माथि सम्मै कामै कामको लहर ।
कामकै निधो गर्नलाई बस्नु पर्ने शहर ।।
के के गर्दा जनताले सुख पाउने गर्छन ?
काम गर्न नेताहरु अघि अघि सर्छन् ।
बुझ्नै पर्ने सधैं भरि जनताको मर्म ।
चो मनले पुरा गर्छन राजनीतिको कर्म ।।
राजनीतिको नेतृत्वमा खुबिको चयन भयो ।
जनताहरुले काम पायौँ देशको दुःख गयो ।।
शुभेच्छुक रचयिता— आनीवक्ष पियूषी
दिंला ।









