सशस्त्रमा ४ पदाधिकारी थप

काठमाडौं । सरकारले सशस्त्र प्रहरीमा ४ पदाधिकारीको दरबन्दी थप गरेको छ । ४ पदाधिकारीमध्ये ३ डिआर्यजी र १ एसएसपी रहेका छन् । अघिल्लो मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले सशस्त्र प्रहरी प्रधान कायले पठाएको संगठन तथा व्यवस्थापन अध्ययनलाई आंशिक स्वीकृति दिदै तल्लो तहका केही दरबन्दी घटाएर इन्टेलिजेन्स व्यूरो, कानून महाशाखामा, डिआईजी सृजना गरेको हो । यी तीनवटै महाशाखामा पहिले एसएसपी नै प्रमुख हुने व्यवस्था रहेको थियो ।
यस्तै, उपत्यका नम्बर ९ बाहिनी मातहतको नीलबाराही गणलाई स्तरोन्नती गरी यसको नेतृत्व एसपीबाट प्रमोशन गरेर एसएसपीले गर्ने व्यवस्था मिलाएको छ । भक्तपुर, ललितपुर र काठमाडौं रहेको ४ गणमध्ये नीलवाराही गण राजधानीको समग्र सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण मानिन्छ । यस्तै नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनः संरचना गर्न आवश्यक अध्ययन गरी सुझाव पेश गर्न प्रकाशजंग केसीको संयोजकत्वमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको पुर्नसंरचना सम्बन्धी सुझाव समिति २०८२ गठन गर्ने निर्णय भएको मन्त्री खरेलले जानकारी गराए । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता समेत रहनु भएका जगदीश खरेलले सरकारले गरेको निर्णय सुनाउने क्रममा सहिद धर्मभक्ता मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा। कल्पना कुमारी श्रेष्ठलाई तोक्ने निर्णय भएको सुनाउनुभयो । त्यस्तै राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको सञ्जालक समिति सदस्य अमृतमान श्रेष्ठलाई महाप्रबन्धकको काम, कर्तव्य समेत गर्ने गरी कार्यकारी सञ्चालकको रुपमा नियुक्त गर्ने निर्णय भएको पनि सुनाउनुभयो । महाप्रबन्धक नियुक्ति नभएसम्म महाप्रबन्धकले गर्ने काम अमृतमान श्रेष्ठले नै गर्ने बताउनुभयो । त्यस्तै मन्त्री खरेलले विश्व बैंकबाट दिगो र समावेशी परियोजनाका लागि प्रस्ताव गरिएको ९५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्राप्त गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फबाट विश्व बंैकसँग वार्ता गर्न अर्थमन्त्रालयका सहसचिवका नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको छ । यस्तै ९ मंंसिरदेखि ४ पुषसम्म कतारको राजधानी दोहामा आयोजना हुने युनाइटेड नेशन कन्भेन्सन एगेन्स का अपरेशन्सको ११औं सेसन अफ द लिस्ट डेभलप कन्ट्रिमा सहभागी हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव गोविन्द बहादुर कार्कीलाई स्वीकृत प्रदान गर्ने निर्णये गरेको छ ।

LEAVE A REPLY