जहा एकता, त्यही महानता

एकता के हो ?
प्रथमतः मानिसनै भनौं अथवा कुनै प्राणी आपसमा मिलेर जीवन विचरणको क्रममा बाचुञ्जेली आइ लाग्ने अनेकौं समस्याहरु समाधान गर्दै जानु भन्ने बुझिन्छ । यति मात्र नभएर मिलेर गर्नुपर्ने राम्रा राम्रा कामहरु सजिलैसँग गरेर आआफुलाई आइलगेका अप्ठ्याराहरुबाट छुट्कारा पाउनु भन्ने पनि बुझ्न सकिन्छ । एकताबद्ध भएर मिलेको बेला कुनै निहुँ झिकेर विवाद ननिकाल्नु पनि हुन सक्दछ । देखादेखि होस्, वा थाहा नपाइकन पनि परस्परमा धोका दिने काम गरियो भने पनि एकता भएको मानिदैन । परम्परमा मिल्नै पर्छ । इमान्दारीता बिग्रिनु हुँदैन ।
एकता किनरु
मानिसको जीवनमा भनौं अरु कुनै प्राणीमा समेत एक्लाएक्लै गर्न नसकिने थुप्रै कामहरु हुन्छन् । एक्ला एक्लैले वा न्यून मिलाइले पनि गर्न सकिदैन भने बृहत् मिलाइको पनि खाँचो पर्ने कामहरु हुन्छन् । जति ठूलो एकताको आकार भयो उतिनै ठूलठूला राम्रा राम्रा कामहरु गर्न सफलता हात पार्न सकिन्छ । जस्तो कि राजनैतिक क्षेत्रकै कुरा गरौं कि पाँच हजार मत प्राप्त गरेर विजयी हाँसिल गर्नुपर्ने अवस्थामा पच्चिस सय मत मात्र पाइयो भने पछि परियो । यस्तै आफ्नै गाउँको खोलामा साँगु बनाउन जति सहयोग जुट्नुपर्ने थियो जुटेन भने साँगु बन्दैन । अनि अरुले देख्दा पनि यो गाउँका मानिसहरु पनि यस्तै रहेछन् भनेर उराठ लाग्दो भाषा सुन्नु पर्छ तर गाउँभरका सबै मिलेर साँगु बनेको थियो, खोलो तर्न सजिलो भएको थियो भने अरु गाउँका मानिसहरुले तारिफ गर्ने थिए । यस्तै यस्तै देशका लागि गर्नुपर्ने कामहरु पनि भरसक सबै जनता, त्यो पनि हुन नसके राजनैतिक दलले पाउने हुबहु मतको आधारमा प्राप्त भएको राजनैतिक शक्ति भएका काम सम्पन्न हुने सम्भावना रहन्छ । गर्नुपर्ने कामभयो भने त्यो राजनैतिक दलको ख्याती बढ्छ । मानिसको लागि काम लाग्ने महत्वशाली कामहरु गर्न एकता चाहिन्छ, एकता नभै काम नहुन सक्छ ।
एकता कसरी ?
जब एकताको गाँठो बलियो बन्छ, त्यतिखेर त्यो गाँठो भित्र किरा पर्नु भएन । किराहरुले एकताको गाँठोलाई भित्रभित्रै गुड बनाएर खुकुलो पारिदिन सक्छ । साँच्चै नै एकता बलियो बनाउने हो भने हामी एकता किन गर्दैछौं भने छर्लंग हुनुपर्दछ । जब एकताले काम बन्छ, बनेको कामको फाइदा एकताभित्र पर्ने सबैले उत्तिकै पाउनुपर्दछ । अनेकताले के के विपत्तिहरु निम्त्याउँछ ?भन्ने पनि शक्तिले के के कामहरु गर्न सकिन्छ भनेर बुझ्न सकियो भने पनि एकतामा आँच नआउने सम्भावना बढ्छ । बिना उद्देश्यको एकता प्रभावकारी हुन सक्दैन ।
एकताको प्रतिफल कस्तो ?
मानिसको राजनैतिक समूहले एकता दरो पारेमा त्यो समूहको राजनैतिक सिद्धान्त आकर्षित हुन्छ । जनताको काम गर्दा गर्दै देशको भविष्य उज्जवल हुन्छ । गाउँभरीका मानिसहरु एकताबद्ध भएर मिले भने त्यो गाउँमा हत्तपत्त विपत्ति आइ लाग्दैन बरु सामाजिक कामहरु बन्दै जान्छन् । यस्तै तरिकाले मानिसको जुनजुन खाले एकता बन्छ, त्यो एकताले मानवताको लागि योगदानमूलक कामहरु गर्यो भने महानता झल्किन्छ ।

LEAVE A REPLY