काठमाडौं । मुलुकको फरकधारको नेतृत्व गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी९रास्वपा०को केन्द्रीय महाधिवेशन फागुन २१ गतेको चुनावपछि हुने भएको छ । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशन निर्वाचनपछि आयोजना गर्ने निर्णेय गर्दै केन्द्रदेखि सबै तहका समितिको म्याद ६ महिना थपेको छ । विधानको दफा ५९२० बमोजिम म्याद सकिएको मितिले ६ महिनाका लागि म्याद थप गर्ने निर्णय भएको पार्टी प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए । महाधिवेशनको कार्यतालिका तयार गरी आगामी बैठकमा पेश गर्न उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री धवलशमशेर राणा र सहमहामन्त्री प्रकाश रिमासल सम्मिलित समिति गठन गरिएको प्रवक्ता श्रेष्ठको भनाई छ ।
पार्टीको सक्रिय सदस्यता वितरण निर्देशिका तयार गर्न उपाध्यक्ष विक्रम पाण्डे र हेमजंग गुरुङ तथा महामन्त्री राजेन्द्र गुरुङ रहेको समिति गठन गरिएको छ । राप्रपाले केन्द्रीय निर्वाचन समितिको सदस्यमा केन्द्रीय सदस्य भरत पाठक र धनसुर शाहीलाई थप गरेको छ । ‘मुलुकको समसामयिक परिस्थितिमा राप्रपाको धारणा अवगत गराउन प्रधानमन्त्रीसँग भेट गर्ने निर्णय भएको छ ।’ श्रेष्ठले भने ‘राजा राजनीतिक दल र जेनजीबीच नविन समझदारीका लागि दबाब दिने उद्देयले राप्रपाले मंसिर २३ मा काठमाडौंमा उपत्यकाव्यापी प्रदर्शन गर्ने निर्णय गरिएको छ । देशव्यापी सभा र प्रदर्शन आयोजना गर्न एवम् सभा र प्रदर्शन व्यवस्थापन गर्न राप्रपाले प्रवक्ता ज्ञानेन्द्र शाही र गोपाल दाहाल, सहमहामन्त्री रविन्द्र प्रताप शाह र सहमहामन्त्री धनबहादुर बुढा रहेको समिति गठन गरेको छ । राप्रपाले समान विचारधारा भएका दल अभियान, समूह र व्यक्तिहरुसँग एकता, मोचा र सहकार्यका लागि उपाध्यक्षहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे र ध्रुवबहादुर प्रधान रहेको वार्ता समिति गठन गरेको छ ।








