काठमाडौं । मुलुकमा भ्रष्टाचार व्याप्त भएको भन्दै त्यसको विरोध गरेर सुशासन ल्याउने भन्दै भाद्र २३ र २४ गते शान्तिपूर्ण आन्दोलनमा उत्रिएको युवाहरुको माग अत्यन्त सान्दर्भिक भए पनि च्याउ उम्रिएझै उम्रिएर आवाज उठाउँदा र जीम्मेवार नेतृत्व नहुँदा सरकार, अभिभावक र स्वतन्त्र व्यक्तिहरु अलमलमा परेका छन् । कुन जेनजीले भनेको कुरा सुन्ने र चुनावमा कसलार्य भोट दिने, पुरानै दल या जेनजी समूहलाई ? भनेर अलमलमा परेका छन् । यो अलमलले पुरानै दलहरुलाई फाइदा पुग्ने र जेनजीहरु आफ्नै कारण पछि पर्ने निश्चित जस्तै छ । यदि यस्तो भएमा आन्दोलनका सहिद भएका र घाइते भएका हजारौंको सपना सपनामै सिमित रहनेछ ।
जेनजीहरुले चुनावमा सफलता प्राप्त गर्नका लागि नेतृत्व चयन गर्ने, सबैको आवाज एउटै हुनुपर्ने वा आवाजलाई बुलन्द पार्नुपर्ने, जिम्मेवारी भूमिका निर्वाह गर्नुपर्नेलगायतका कामहरु नगरी नहुने देखिन्छ । जेनजीहरुले यस्ता काम नगरे आम नेपाली सर्वसाधारणको मन जित्न नसक्ने र आन्दोलन खेर जाने हुँदा जेनजी एक हुन ढिला भइसकेको छ ।








