काठमाडौँ । नेकपा एमालेले महाधिवेशनको पूर्व सन्ध्यामा भोली शुक्रबारका लागि सचिवालय बैठक बोलाएको छ । बैठक शुक्रबार दिउँसो १ बजे च्यासलमा बस्ने गरि आह्वान गरिएको छ । एमालेको शनिबारदेखि महाधिवेशन सुरु हुँदैछ ।
भोलिको सचिवालय बैठकमा पदाधिकारी र केन्द्रीय कमिटी आकार बढाउनेबारे छलफल हुने नेताहरूले जनाएका छन्।








