राप्रपा एकतामा फेरि विलम्ब

काठमाडौँ । देशको फरकधारको नेतृत्व गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी एकतामा विलम्ब भएकोमा पार्टी पंक्तिमा तीव्र असन्तुष्टि पैदा भइरहेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच पार्टी एकताबारे करिब करिब कुरा मिले पनि समग्र पार्टी पंक्तिमा कुरा नमिलेको अवस्था छ । पार्टी एकताको लागि लिङ्देनले पार्टी पंक्तिमा मिलाउन बाँकी छ । तर राप्रपा नेपालमा भने पार्टी एकताको बारेमा करिब करिब एकमत छ । राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ सहितका नेता सक्रिय छन् । यसैगरी राप्रपा नेपालबाट वरिष्ठ उपाध्यक्ष राजिव पराजुली, उपाध्यक्ष तेजकुमार कुरुम्वाङ र महामन्त्री राजाराम बर्तौला पार्टी एकाका लागि लागि परेको अवस्था छ ।
पार्टी एकताको बारेमा के भइरहेको छ भनेर सुदामा साप्ताहिकले जिज्ञासा राख्दा राप्रपा नेपालका उपाध्यक्ष तथा वार्ता टोलीका सदस्य तेजकुमार कुरुम्वाङ भन्छन्– ‘पार्टी एकता दुवै पार्टीको लागि आवश्यकता हो । पार्टी एकता भएमा निर्वाचनमा पनि आम मतदातामा राम्रो सन्देश जाने थियो ।’
यसैगरी राप्रपाका वरिष्ठ केन्द्रीय सदस्य डा।महेन्द्रबहादुर कार्की भन्छन्– ‘अब पार्टी एकता नभए कहिले हुने रु निर्वाचन अघि पार्टी एकता भए राप्रपाको अहिलेभन्दा दोब्बर, तेब्बर मत आउने ग्यारेन्टी छ । हामी जसरी पनि पार्टी एकताका लागि गम्भीर छौं, त्यसैगरी पार्टीका सबै पदाधिकारी पनि गम्भीर हुनुपर्दछ ।’
वरिष्ठ केन्द्रीय सदस्य डा।कार्की थप्छन्– ‘अब देशभक्त, राजभक्त र जनभक्तहरुले राप्रपालाई जिताउने लगभग पक्का छ । हाम्रै पार्टीको पक्षमा जनमत छ । अब राप्रपा पहिलो, दोस्रो या तेस्रो पार्टी बन्दैछ ।
दुई राप्रपा एकताको लागि राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङदेखि महामन्त्रिहरु भुवन पाठक, राजेन्द्र गुरुङसम्मका वरिष्ठ नेताहरु सक्रिय भएर लागेको बुझिएको छ ।

LEAVE A REPLY