सिरान चोकगाउपालिकामा अलैची खेतीको विस्तारःडोल बहादुर गुरुड.

गोरखाको सिरानचोक गाउँपालिका–२ का किसानहरू पछिल्लो समय अलैँची खेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत अन्नबालीबाट सोचे जति आम्दानी नहुदाँ बैकल्पिक नगदेबालीको खोजीमा रहेका किसान अलैँची खेतीलाई दीर्घकालीन र फाइदाजनक विकल्पको रूपमा अपनाउन थालेका हुन् ।
सिरानचोक गाउँपालिकाको हावापानी, उचाई र अलैँची खेतीका लागि माटो उपयुक्त भएकाले पछिल्ला केही वर्षयता यसको विस्तार हुँदै गएको सिरानचोक गाउँपालिकाले जनाएको छ ।
अहिले सिरानचोक गाउँपालिकाका विभिन्न वडामा गरी सयौं रोपनी जमिनमा अलैँची खेती विस्तार भइसकेको सिरानचोक गाउँपालिका–२ का अलैँची किसान डोलबहादुर गुरुङले बताउनु भयो । उहाँका अनुसार अलैँची खेतीमा एक पटक बिरुवा रोपेपछि लामो समयसम्म उत्पादन लिन सकिने भएकाले पनि श्रम र लागत तुलनात्मक रूपमा कम लाग्छ ।
बजारमा यसको माग र मूल्य दुबै राम्रो रहेकाले आम्दानीको स्रोत पनि बलियो बनेको छ । पहिले विदेशको रोजगारी वा अन्य पेसातर्फ आकर्षित भएका केही युवा पनि गाउँमै बसेर अलैँची खेती गर्न थालेको सिरानचोकका किसानहरूले बताएका छन् ।
सिरानचोक गाउँपालिका–२ का किसानलाई गाउँपालिका तथा कृषि शाखाबाट प्राविधिक सहयोग, तालिम र केही अनुदानसमेत उपलब्ध हुँदै आएको छ । रोग नियन्त्रण, नर्सरी व्यवस्थापन र आधुनिक खेती प्रविधिबारे जानकारी पाएपछि उत्पादनमा सुधार आएको किसानहरूको भनाइ छ ।

LEAVE A REPLY