स्थानहद तोकेर र राहदानी रोकेर निर्वाचनको वातावरण बन्न सक्दैनःःओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थान हद तोकेर र राहदानी रोकेर निर्वाचनको वातावरण बन्न नसक्ने बताएका छन् ।उनले कुनै समयमा निर्वाचन भएमा एमाले र कांग्रेसबाहेक अरु दलले सरकार बनाउन नसक्ने भन्दै ठूला पार्टीसंग डराएर साना पार्टीहरु मोर्चाबन्दी गर्दै हिडेको आरोप लगाए ।
ओलीले संसद असंवैधानिक रुपमा विघटन भएको भन्दै पुनःस्थापना हुनुपर्ने र सर्वोच्च अदालतले चाँडो न्याय दिनुपर्ने बताए।
मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले एमाले र नेपाली कांग्रेसबाहेक अरु दलले सरकार बनाउनै नसक्ने भन्दै ठूला पार्टीसंग डराएर मोर्चाबन्दी गर्दै हिडेको र यो क्रम निर्वाचन अघिसम्म जारी रहने बताएका हुन् ।
कसैलाई प्रधानमन्त्री, कसैलाई पार्टी अध्यक्ष बाँड्नु हास्यास्पद भएको टिप्पणी गर्दै ओलीले घैँटाको पानीले सागर बन्न नसक्ने र भेडा बाख्राहरूको मोर्चाबन्दीले सिंहलाई कुनै फरक नपर्ने धारणा राखे । उनले कुनै न कुनै दिन हुने निर्वाचनको तयारीमा एमाले रहेको भन्दै निर्वाचनबाटै फैसला दिने बताए ।

LEAVE A REPLY