आजबाटअंग्रेजी नयाँ वर्ष इस्वी संवत २०२६ शुरु

काठमाडौँ । आजबाट अंग्रेजी नयाँ वर्ष इस्वी संवत २०२६ शुरु भएको छ । नेपालसहित विश्वभरिमा मानिसहरुले नयाँ वर्ष २०२६ अवसरमा शुभकामना आदान प्रदान गर्दै मनाइरहेका छन् यस अवसरमा सुदामा साप्ताहिक तथा सुदामा डट्कम परिवार पनि स्वेदेश तथा विदेशमा रहनु हुने सबै महाँनुभावहरुलाइ हादिक शुभकामना दिन चाहन्छ ।नयाँ वर्षका अवसरमा विश्वभरका नेताहरुले अवसरमा शुभकामना सन्देश दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् ।
ग्रेगोरियन पात्रोअनुसार सन् २०२५ को बिदाइ र नयाँ वर्ष सन् २०२६ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ ।
इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।
आजको दिनलाई नेपालीहरुले केहि वर्षदेखि टोपी दिवसका रुपमा समेत मनाउँदै आएका छन् ।
(तस्विर सामाजिक संजाल )

LEAVE A REPLY