कार्की आयोगद्वारा पूर्वगृहमन्त्री रमेश लेखकको स्थान हद फुकुवा

काठमाडौँ । गौरीबहादुरकार्की नेतृत्वको उच्चस्तीय छानबिनआयोगले पूर्वगृहमन्त्री रमेश लेखकको स्थान हद फुकुवागरेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटना सम्बन्धी जाँचबुझ आयोगले बिहिबार गृह मन्त्रालयमार्फत स्थान हद फुकुवा गरेको जानकारी गराएको हो ।
लेखकलाई असोज १२ गते बसेको आयोगको बैठकले विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो। आयोगले उनको बयान लिएपछि स्थान हद फुकुवा गरेको हो।
अब आयोगले पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीको पनि बयालिने तयारी गरेको छ ।

LEAVE A REPLY