काठमाडौं । माइतीघर मण्डलामा ९ दिनदेखि विभिन्न माग राख्दै अनसन बसेका डा. निकोलस भुसालको स्वास्थ्य बिग्रिगएपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ।
नेपाल चिकित्सक संघले पहल गर्दै भुसालको स्वास्थ्य परीक्षण गरेको थियो। परीक्षणको क्रममा चिकित्सकहरूले थप उपचार आवश्यक भएको ठानेपछि तत्काल अस्पतालमा भर्ना गरिएको संघले जनाएको छ।
डा. भुसालले जेनजी आन्दोलनको दौरानमा भएको हत्याका दोषीमाथि कारबाही, आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्ने, भ्रष्टाचारको छानबिन गर्ने र विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिनुपर्ने लगायतका माग राख्दै अनसन बसेका थिए।
अस्पताल स्रोतका अनुसार भुसालको स्वास्थ्य अवस्था निरन्तर निगरानीमा राखिएको छ र आवश्यक उपचार भइरहेको छ।









