नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटायो, एलपी ग्यासको मूल्य स्थिर

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल तथा हवाई इन्धनको खुद्रा बिक्री मूल्य घटाएको छ। भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा निगम सञ्चालक समितिको निर्णयअनुसार इन्धनको मूल्य समायोजन गरिएको हो।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल तथा मट्टितेलमा ५ रुपैयाँ र आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ ले मूल्य घटाइएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ४२ अमेरिकी डलर ले मूल्य घटाइएको छ भने पोखरा र भैरहवाका लागि ब्रेक–इभेन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको छ।
नयाँ मूल्यसूचीअनुसार पहिलो वर्गका क्षेत्रमा पेट्रोल प्रतिलिटर १५६.५० रुपैयाँ र डिजेलरमट्टितेल १३४.५० रुपैयाँ कायम भएको छ। दोस्रो वर्गमा पेट्रोल १५८ रुपैयाँ र डिजेल १३६ रुपैयाँ, तथा तेस्रो वर्गमा पेट्रोल १५९ रुपैयाँ र डिजेल १३७ रुपैयाँ प्रतिलिटर तोकिएको छ।
यद्यपि एलपी ग्यासको खरिद मूल्य बढेर आए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।
नयाँ मूल्य २०८२ साल पुस १७ गते बिहान १२ः१ बजेदेखि लागू भएको हो। निगमले सहजता, शुद्धता र पारदर्शितालाई आफ्नो प्रतिबद्धता रहेको पनि स्पष्ट पारेको छ।

LEAVE A REPLY