मनुष्यको चिनारी यसरी हुन्छ

आनिबक्ष पीयूषी
मानिसलाई सृष्टि कै उच्च कोटीको प्राणी मानिदै आइएको छ । यसो भन्दै गर्दा कतिपय सवालमा मानिसमा भए मध्येका गुणहरु अरु प्राणीका भन्दा कमजोर पनि होलान् तर धेरै जसो राम्रा गुणहरु मानिसमा भएको कारण उच्च दर्जा पाएको हुन सक्छ । हुनसक्छ यहाँ भनिएका भन्दा फरक र थप उललेख्य गुणहरु देख्न सकिने होउन् । यहाँ प्रष्ट्याउन खोजेका गुणहरुले गर्दा मानिसको मुनष्यत्व गुणहरुले महत्व राख्दै आएका छन् । प्रस्तुत छन् केही गुणहरुः
— उच्च नैतिकताको पथ प्रदर्शक हो ।
— दयाको खानी हो ।
— प्रकृतिको उपासक हो ।
— आत्माको आधार हो ।
— ब्रह्मत्वको जग हो ।
— असल संस्कार र संस्कृतिको स्रोत हो ।
— आरोग्यताको परिचय हो ।
— ज्ञान र विवेकको साधन हो ।
— परमतत्वको साधक हो ।
— सृजना र रचनाको मुहान हो ।
— धर्तिको खेताला हो ।
— मानवताको पुजारी हो ।
— सृष्टिको नमुना हो ।
— परमात्माको शिष्य हो ।
— परोपकारको उदाहरण हो ।

LEAVE A REPLY