कांग्रेस विभाजनको कुारा कसैले नसोचेको विषय होःविश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी विभाजनको कुरा कसैले नसोचेको विषय भएको बताएका छन्।
शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि सञ्चारकर्मीसँग कुराकानी गर्दै शर्माले अहिले देखिएको महाधिवेशनको विवाद समाधान हुने बताए। ‘महाधिवेशनको विषयलाई मुस्कुराउँदै समाधानमा पुर्‍याउँछौँ,’ शर्माले भने। कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार संयुक्त वक्तव्य जारी गरेर नियमति महाधिवेशन स्थगित भएको घोषणा गरेका थिए। त्यसलाई लिएर कांग्रेस विभाजनतिर लग्न खोजेको संस्थापन पक्षका नेताहरूले आरोप लगाइरहेका छन्।
यस विषयमा सोधिएको प्रश्नमा महामन्त्री शर्माले भने, ‘नेपाली कांग्रेससँग सिंगो समाजलाई जुटाउनुपर्ने दायित्व छ। यस्तो वेलामा नेपाली कांग्रेस विभाजिन हुने कुरा विलकुलै आउँदैन, कसैले सोचेको छैन।’

LEAVE A REPLY