प्रदेशसभाबाट प्रतिनिधि सभामा जान राजीनामा दिदै काफ्ले

२५ पुस, काभ्रेपलाञ्चोक । बागमती प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले प्रदेश सभाबाट राजीनामा दिएर प्रतिनिधि सभामा जाने तयारी गर्दै छन् ।
उनले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएर आगामी प्रतिनिधिसभा चुनावमा उम्मेदवारी दिने तयारी गरेको बताए ।
उनले भने,‘राजीनामाबारे राजनीतिक नेतृत्वसँग निरन्तर छलफलमा रहेको छु । दोलखाको समग्र विकासका लागि संघीय सरकारको भूमिका निर्णायक हुने महसुस गर्दै यो साहसिक निर्णय लिएको छु,’ , ‘दोलखाली जनताको माग यही छ । संघीय संसद्मा दोलखाली जनताको प्रतिनिधित्व गर्ने लक्ष्यका साथ अघि बढ्ने तयारीमा छु
विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिमा प्रवेश गरेका काफ्ले हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन् ।

LEAVE A REPLY