कांग्रेस विशेष महाधिवेशनमा ६२ प्रतिशतभन्दा बढी प्रतिनिधिहरुले गरे नाम दर्ता

काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महाधिवेशन प्रतिनिधिहरूको उत्साहजनक सहभागिता देखिएको छ।
उद्घाटन सत्र चलिरहँदा हालसम्म ६२ प्रतिशतभन्दा बढी प्रतिनिधिले आफ्नो नाम दर्ता गराइसकेका छन्।सस्थापन पक्षले बारम्बार फोनगरेर महाधीवेसन प्रतिनिधिहरुलाई अवैधानिक महाधिवेसनमा नआउन सुझाव दीए पनि ६२ प्रतिशत प्रतिनिधिहरुले उत्साह जनक रुपमा विधिवतरुपमा नाम दर्ता गराएका हुन।
नेपाली कांग्रेसमा देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन्।
महाधिवेशन स्थल भृकुटीमण्डपको मूल गेट सँगै राखिएका स्टलहरूबाट धमाधम नाम दर्ता भइरहेको छ। भीड व्यवस्थापन गर्न सातवटै प्रदेशका प्रतिनिधिहरूका लागि छुट्टाछुट्टै डेस्कको व्यवस्था गरिएको छ।
नाम दर्ताका लागि परिचय खुल्ने कागजात, एक प्रति पासपोर्ट साइजको फोटो र एक हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ।
गत असोज २९ गते पार्टीका ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाउँदै विशेष महाधिवेशनको माग गरेका थिए।
कांग्रेसको विधानको धारा १७ .२० अनुसार ४० प्रतिशत प्रतिनिधिले माग गरेको खण्डमा ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था छ।
तर, तोकिएको समयसीमाभित्र पार्टी संस्थापन पक्षले महाधिवेशन नबोलाएको र मागलाई बेवास्ता गरेको भन्दै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा यो विशेष महाधिवेशन आह्वान गरिएको हो।
आजबाट सुरु भएको महाधिवेशन भोलिसम्म चल्नेछ।

LEAVE A REPLY