कुलमानको अभियानले निरन्तरता पाओस्

३ वटा मन्त्रालयको जिम्मेवारी लिँदै सरकारमा रहेर ११५ दिन काम गरेका तत्कालिन उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङले दलीय राजनीतिमा सक्रिय रहन भन्दै र कार्यविवरण दिँदै पदबाट हालै राजिनामा दिएका छन् । यससँगै उनले चलाएका अभियान अलपत्र पर्ने सम्भावना देखिएको छ । यसलाई सक्रिय बनाउँदै निरन्तरता दिन कुलमान जस्तै जुझारु मन्त्रि नियुक्त गर्ने सरकार नेतृत्वको दायित्व रहेको छ ।
मन्त्री कुलमानले वर्षौदेखि अलपत्र परेका आयोजनालाई पुर्नजीवन दिने अभियानको सुरु गरेका छन् । यो अभियान जनता र राज्यका लागि राम्रो अभियान भएको जो सुकैले भन्दै आएका छन् । मन्त्री कुलमान घिसिङले ऊर्जा, जल स्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । जिम्मेवारी समल्ने क्रममा मन्त्री कुलमानले विकास आयोजनाको जिम्मा लिने र काम नगरी बन्धक बनाउने प्रवृत्ति विरुद्ध कडा कदम चालेका थिए । त्यसैगरी उनले सरकारी निर्णयको ढिलासुस्ती, राजनीतिक पहुँचका आधारमा निर्माण व्यवसायीको मनपरी तन्त्र र प्रणालीगत कमजोरीका कारण जनता विकासको लाभबाट बञ्चित हुन नहुने अडान राख्दै यस्ता कामका विरुद्ध अहोरात्र खटदै आएका थिए । उनले भौतिक पूर्वाधार तर्फ रुग्ण सडक तथा पुलको ठेक्का तोड्ने, हुलाकी मध्य पहाडी र प्रमुख राजमार्ग निर्माणमा गति दिने, सुरुङमार्ग र पुल आयोजना अघि बढाउने, तातो पानी नाका पुनः सञ्चालनमा लाउने, मनसुनपछिको आपतकालिन सडक मर्मत गर्ने, लगायतका दर्जनौं राम्रा काम गरेर सरकारबाट बिदा भएका छन् । मन्त्री घिसिङले सरकारबाट बाहिरिने क्रममा प्रधानमन्त्रीलाई राजिनामा बुझाउँदै गर्दा मन्त्री घिसिङका कामले प्रभावित बनेकी प्रधानमन्त्रीले गहभरी आँसु पार्दै राजिनामा बुझ्नुभएको थियो । अब यस्तै मन्त्रीलाई नियुक्ति गर्न सरकारका तर्फबाट ढिला गर्न हुँदैन । किनकी कार्यकाल छोटो छ, काम गर्न धेरै बाँकी छन् । यस्तै मन्त्री घिसिङले आफुले गरेको कामको सुचिमा १४ वर्षदेखि अलपत्र पारिएको झापाको न्काई पुलसहित सडक विभाग अन्र्तगतका २३५ ठेक्का रुग्ण रहेकोमा करिब ३ अर्ब रुपैयाँ लागतका ४० वटा रुग्ण ठेक्का तोडिएको ६० प्रतिशतसमय गुज्रिसक्दा पनि ११ प्रतिशत मात्र कामको प्रगति भएको जलस्रोत तथा सिँचाई विभाग अन्र्तगत १४ अर्ब २२ करोड रुपैयाँ बराबरको रुग्ण ठेक्का तोडिएको र यस्ता कामको एक्सनपछि ठेकेदारहरुले काम गर्ने तत्परता देखाएको बताएका छन् ।
त्यस्तै शहरी विकास मन्त्रालयतर्फ जेनजी आन्दोलनबाट क्षतिग्रस्त सरकारी संरचना पुर्ननिर्माण, त्रिवि र कीर्तिपुर रंगशाला, बञ्चरे डाँडा फोहोर व्यवस्थापन, बागमती नदी सफाई, शहरी नीति र भवन संहितामा सुधार लगायतमा मुख्य उपलब्धी भएको उल्लेख गरिएको छ । घिसिङका कामलाई निरन्तरता दिँदै अघि बढ्ने हो भने समृद्ध देश र सुखी नेपाली हुन धेरै वर्ष लाग्दैन ।

LEAVE A REPLY