नेपालमा अधिकांश युवा वर्ग वैदेशिक रोजगारीमा र पढ्दै कमाउदै गर्न विदेश पलायन भएका पनि कूल जनसंख्याको २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि भएको र सबैभन्दा बढी गरिब सुदूरपश्चिम र अलिक कम गण्डकी प्रदेशमा भएको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनबाट थाहा भएको छ । प्रतिवेदनका अनुसार सहरी क्षेत्रमा १८.३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४.६६ प्रतिशत जनसंख्या गरिबीको रेखाभन्दा तल रहेका छन् । आधारभुत लागत विधिको प्रयोग गरी नेपालमा मौद्रिक गरिबी मापन गरिदै आएको कार्यालयले जनाएको छ ।
यस पटक गरिबी मापनको लागि प्रति व्यक्ति वार्षिक ७२ हजार ९०८ रुपैया बराबरको नयाँ गरिबीको रेखा निर्धारण गरिएको छ । यसअघि वि।सं। २०६६÷०६७ मा गरिबीको रेखा १९ हजार २६१ रुपैयाँ निर्धारण गरिएको थियो । नयाँ गरिबीको रेखा अनुसार प्रतिवर्ष गरिबीको रेखामा राखिएको छ । प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी गरिब सुदुरपश्चिममा भएको देखिन्छ । त्यहाँ गरिबहरु गण्डकी प्रदेशमा रहेका छन् । ११.८८ प्रतिशत गरिबको रेखामुनी रहेका छन् ।
प्रदेशगत रुपमा हेर्दा कोशी प्रदेशमा १७.१९, मधेशमा २२.५३, बागमती प्रदेशमा १२.५९, लुम्बिनीमा २४.३४ र कर्णाली प्रदेशमा २६.६९ प्रतिशत गरिबको रेखामुनी भएको प्रतिवेदनले जनाएको छ ।
त्यस्तै पालिकास्तरबाट हेर्दा सबैभन्दा बढी गरिबीको दर जाजरकोटको चुनीचाँदे गाउँपालिकामा ७७.८९ प्रतिशत छ भने सबैभन्दा कम अर्थात १.१८ प्रतिशत मुस्ताङको घरपझोङ गाउँपालिकामा रहेको
छ ।









