नेताहरु बीच मत भेद छैन, पार्टी एक ढिक्का भएर निर्वाचनमा होमीएको छःगगन थापा

१६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेताहरुमा मतभेद नभएको र पार्टी एक ढिक्का भएर निर्वाचनमा होमीएको बताएकाछन् । उनले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग पनि निरन्तर संवादमा रहेको कुरा धनुषा—४ मा कांग्रेसका उम्मेदवार महेन्द्र यादवको चुनावी कार्यक्रमलाई सम्बोधन गर्नेक्रममाबताएका हुन् ।
‘ उनले भने,भर्खरै कांग्रेसको अधिवेशन गरेर नयाँ नेतृत्वमा आएका छौँ । पार्टीभित्र कसैमाथि दोष र रिसराग छैन । म पार्टीका निवर्तमान सभापति, आदरणीय शेरबहादुर देउवासँग निरन्तर संवादमा छु, पार्टीका अरु नेताहरूसँग पनि संवादमा छु, ‘ उनले भने, ‘हामीबीच केही कुरामा मतभेद हुन्छ, तर अन्तिममा एक ढिक्का हुन्छौँ । अहिले एक ढिक्का छौँ ।’
उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलन देश चलाउने कार्यशैलीविरुद्ध भएको उल्लेख गर्दै अहिले कांग्रेस बदलियर आएको पनि बताए ।
‘फागुन २१ को निर्वाचन योजनावद्ध होइन अकस्मात हो । फागुन २३ र २४ को घटना पनि अकस्मात हो । देश चलाउने पद्दति परिवर्तन गर्नुपर्छ भनेर उक्त आन्दोलन भएको थियो,’ उनले भने, ‘यसपछि अरु पार्टी बदलिए बलिएनन् थाहा भएन तर हामी बदलिएर, सोँच बदलेर आएका छौँ ।’

LEAVE A REPLY