निजी क्षेत्रलाई राज्यले प्रमोट र प्रोटेक्सन नगर्ने हो भने अर्थ तन्त्र चलायमान हुन सक्दैनः अध्यक्ष ढकाल

काठमडौं । नेपाल उद्योग वाणिज्य महासंघ तथा आईएमई ग्रुपका समेतअध्यक्ष रहेका चन्द्रप्रसाद ढकाललेराज्यले निजी क्षेत्रलाई प्रमोट र प्रोटेक्सन नगर्ने हो भने नेपालको अर्थतन्त्र चलायमान हुन नसक्ने बताएका छन् ।त्यसै गरी चुनावका वेला राजनीतिक दलहरुे एक आपसमा गदैआएका घोच पेच र भनाभन प्रति असन्तष्टि जनाउदै राजनीतिक दल आफ्ना आर्थिक ऐजेण्डाले स्थापित हुनुपर्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघले काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रमा धारणा राख्दै अध्यक्ष ढकालले एक राजनीतिक पार्टीले अर्को राजनीतिक पार्टीलाई गालि गरेर, होच्याएर आफू स्थापित हुन खोज्ने प्रवृत्ति दलमा रहेको हुँदा यस्तो प्रबृत्ति मौलाउन नहुने उनले बताए ।
कुनै पनि दलका घोषणापत्रमा अहिलेसम्म कहिल्यै आर्थिक मुद्दा प्राथमिकतामा नपरेको उनको भनाई छ ।
‘राजनीतिक दलका नेताले अर्को दललाई नराम्रो देखाउने प्रचलन छ तरआफ्ना एजेण्डा स्थापित गर्नतर्फ कोही लाग्दैनन्,’ढकालले भने।
निजी क्षेत्रप्रति राजनीतिक दलको धारणा नकारात्मक हुने गरेकोले पनि विभिन्न समयमा त्यसको असर भोग्नु परेको बताए । ‘निजी क्षेत्रले राज्यमा गरेको योगदानको चर्चा राजनीतिका नेतृत्व र दलबाट हुन सकेको छैन । रोजगारी सृजनाका कुरा, कर तिरेका कुरा किन चर्चा हुँदैन ?’ उनले भने, ‘मन्त्रालय मन्त्रालयबीच कोडिनेसन छैन
डिसिजन गर्दा पपुलरिजन खोज्ने गरेका छन् । राज्यलाई क्षति हुने नै भए पनि चर्चा बटुल्ने जस्ता पनि निर्णय गर्ने प्रचलन बढेको छ ।’

LEAVE A REPLY