सिद्धार्थ बैंक “अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२५” बाट सम्मानित

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड “अवार्डफर कर्पोरेटएक्सेलेन्स २०२५” अवार्डबाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपाल प्रा. लि.ले वार्षिक रुपमा आयोजना गर्दैआएको अवार्ड समारोहमा बैंकलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो ।
माघ १६ गते आयोजना भएको उक्त अवार्ड समारोहमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले उक्त अवार्ड ग्रहण गरेका थिए ।
मानव संसाधन व्यवस्थापन, संस्थागत सुशासन तथा उत्कृष्ट कार्यसम्पादनमा बैंकले पुर्याएको योगदानको कदरस्वरूप यो सम्मान बैंकलाई प्रदान गरिएको हो । आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबूत बनाउने र आगामी दिनहरुमा अझ व्यवस्थित ढङ्गले सेवा प्रदान गर्न यस उपाधिले बैंकलाई प्रेरित गरेको छ । यस खुशीको अवसरमा बैंकले अटुट सहयोगका लागि आफ्ना ग्राहकहरू, सरोकारवालाहरू र सम्पूर्ण शुभचिन्तकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।

LEAVE A REPLY