धरान नगरपालिकामा राई र भट्टराइले दिए पदबाट राजीनामा

धरान । धरान नगरपालिकाका मेयर हर्क साम्पाड। राई र वडाध्यक्ष सूर्यप्रसाद भट्टराई मनोज ले आइतबार साँझ आ–आफ्नो पदबाट राजीनामा दिएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने तयारीमा रहेका दुवै जनाले निर्वाचन कानुनअनुसार उपप्रमुख आइन्द्र बिक्रम बेघा समक्ष पदबाट राजीनामा दिनुभएको हो । उहाँहरु एउटै निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिदै हुनुहुन्छ ।
नगर प्रमुख राई श्रम संस्कृति पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने तयारीमा हुनुहुन्छ । उहा स्थानीय तहमा श्रमदान, भ्रष्टाचारविरुद्धको अभियान र जनमुखी कार्यशैलीका कारण चर्चामा रहँदै आउनुभएको थियो ।
धरान–१७ का वडाध्यक्ष सूर्यप्रसाद भट्टराई मनोज भने नेपाली कम्युनिस्ट पार्टी नेकपा बाट सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा चुनाव लड्दै हुनुहुन्छ।

LEAVE A REPLY