—जि. आचार्य
२०७९ सालको स्थानीय निकायको निर्वाचनमा काठमाडौं महानगरपालिकाबाट अत्यधिक बहुमत ल्याएर कसैले नसोचेको जित हासिल गरेको तत्कालिन महानगर प्रमुख बालेन शाह रास्वपाको वरिष्ठ नेता र सोही पार्टीबाट भावी प्रधानमन्त्री हुने आशामा झापा क्षेत्र नंंं.५ बाट एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग सिगौरी खेल्दैछन् । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जित हासिल गर्लान् या नगर्लान् रास्वपा ठूलो पार्टी बन्ला वा नबन्ला त्यो समयले बताउँला ।तर केही मालदार व्यापारीहरु भने बालेन प्रधानमन्त्री होलान् र उनबाट सकेसम्म फाइदा लिउला भनेर अहिले देखि नै सुविधा सम्पन्न र महँगो गाडीहरु उपहार दिएर बालेनको मन जित्न खोजिरहेका छन् । काठमाडौं महानगरपालिकाको नगरप्रमुख हुँदा उनले कुनै अनियमितता नगरेको भए पनि अब भने अनियमितता तर्फ लाग्ने हुनकी भन्ने छनक व्यापारीले दिएको चर्को मोलको गाडीको उपहार मोहले देखाएको छ ।
कुनै पनि व्यक्तिले कसैको त्यसै चाकडी गर्दैन । झन् व्यापारीले त गर्ने कुरै भएन । करोडौंको उपहार दिएर अर्बौको फाइदा लिने व्यापारीको मनसाय रहेको हुन्छ । सोही अनुसार अहिले ८ करोड रुपैयाँसम्म पर्ने बागमती प्रदेश ०१०३३ च ४३४३ नम्बरको कालो ल्याण्डरोभर डिफेन्डर टप भेरियन्ट गाडी मालपानीले उपहार दिएको र त्यसै गाडीमार्फत् बालेन चुनावी प्रचारप्रसारमा हिडिरहेको श्र।ेतले जनाएको छ । सो गाडी उपहार दिए वापत निष्क्रिय रुपमा रहेको जनकपुर चुरोट कारखाना कौडीको भाउमा हातपार्ने योजना रहेको पनि उनको पारिवारिक स्रोतबाट थाहा भएको छ । बालेनका यस्तै क्रियाकलाप बढ्दै गए उनी प्रधानमन्त्री भए पनि भ्रष्टहरुले उन्मुक्ति पाउने र जेनजीहरुको सुशासनको सपना अधुरो रहने निश्चित जस्तै भएको छ ।
मालपानी आफैं स्वच्छ विचारका व्यापारी होइनन् । उनीमाथि झुटो तथा किर्ते विवरण पेश गरी दुई फरक जिल्लाबाट नेपाली नागरिकता लिएको आरोप छ ।








