काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाले कांग्रेस विशेष महाधिवेशनबाट कांग्रेसको सोच र शैली बदल्यौ, अब देश पनि बदल्छौं भन्नुभएको छ । सभापति थापाले काठमाडौंको निर्वाचन क्षेत्र नं. ४ कांग्रेसको निर्वाचन परिचालन मूल समिति गठन तथा घोषणा समारोहमा सभापति थापाले कांग्रेसको सोच र शैलीनै बद्लिएको दाबी गर्दै, भने ‘कांग्रेस पार्टी आज बद्लिएर देश र जनताको अगाडि उभिएको छ । यो बदलिनु भनेको के हो ? कांग्रेस पार्टीको नेताको अनुहार बदलिएको होइन, नेपाली कांग्रेसको सोच र संकल्प बदलिएको छ ।’
कांग्रेसले देश नै बदल्ने भन्दै २०७० सालपछि यस पटक सम्पूर्ण १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ । तर १४औं महाधिवेशनबाट निर्वाचित सभापति, दुई उपसभापति, एक महामन्त्री, तीन सहमहामन्त्री सहितका नेताहरु यो पटक उम्मेदवार छैनन् र सन्तुष्टि पनि छैनन् ।
यतिबेला सबै राजनीतिक दलहरु मतदाता रिझाउन चुनावी प्रचार प्रसारमा तल्लिन भएर लागे पनि कांग्रेसका धेरै जसो शीर्ष नेताहरु चुनावी प्रचारमा देखिएका छैनन् । तर कांग्रेस नयाँ नेतृत्वले भने दिनहुँ चुनावी सभा गरीरहेका छन् ।
झिना–मसिना आश्वासन देखाएर भोट माग्दै दलहरु
काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन हुन अब ३० दिन मात्रै बाँकी छ । जति जति निर्वाचन मिति नजिकिदै जान्छ, त्यति–त्यति राजनीतिक दलहरु बाटो खनिदिने, धारा बनाइदिने लगायतका झिना–मसिना खुद्रे योजनाहरु लिएर टोल–टोल, गाउँ, शहर मेलापातसम्म पुग्ने गरेका छन् । उनीहरुले यस्ता आश्वासन देखाएर धेरै जसोले चुनाव जितो । तर चुनाव जितेपछि एक पटक पनि गाउँ फर्केर गएनन् । अनि यस्ता उम्मेदवारीमाथि कसरी विश्वास गर्ने र भोट किन दिने ?उनीहरुसँग न त नयाँ कार्ययोजना छन् न त कुनै आत्मविश्वास नै गराउन सक्छन् । पुरानै शैली, पुरानै ढर्रा मात्र । यसरी अब मुलुक धेरै चल्न सक्दैन ।
मुलुक भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । सुशासन शुन्य बराबर नै हुन थालिसक्यो । यस्तो समस्यालार्य कसरी समाधान गर्ने र नयाँ कार्ययोजना लिएर कसरी मतदातासँग भोट माग्ने भन्ने तर्फ उनीहरुमा सोच गएको छैन । भाषणमा के के नै गर्लान्, अहिले नै पो गरिहाल्छन्की भनेझैं गरेर भाषण गर्दै जनता झुक्याउने काम गरिरहेका छन् । तर अब भने आम मतदाताले भन्ने बेला आएको छ ‘विगतमा तिमीहरुले के गर्यौं, अब के गर्छौ भन्ने योजना बनाएका छौं र अबका चुनावी कस्ता छन् ।’ भनेर संघीय प्रतिनिधिमा उम्मेदवारी दिने अनि चुनाव एजेण्डा भने स्थानीय तहको जस्तो पनि नबनाउने परिपाटीले मुलुक विकासबाट धेरै पछि परेको छ । त्यसैले जुन दलले भ्रष्टाचार र कुशासन विरुद्धको एजेण्डा ल्याएर त्यसलाई व्यवहारमा लागु गर्ने प्रतिबद्धता जनउँछ उसैलाई भोट हाल्नुपर्दछ । हाम्रालाई होइन, राम्रालाई भोट हाल्ने प्रतिबद्धता हामीले गर्नु पर्दछ । राज्यलाई अहिले भाषण र सस्तो लोकप्रियताको भन्दा विकासको लहर ल्याउन अति आवश्यक छ ।









