यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्राभाव रहेको छैन। तराई भूभागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ । देशका पहाडी तथा हिमाली भू—भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो तराई भू—भागका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना छ । कोसी प्रदेशका पहाडी र हिमाली भूभाग तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ ।
यस्तै, आज राति तराईका केही स्थानमा हुस्सु लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू—भागमा आंशिक बदली हुनेछ भने बाँकी भू—भागमा मुख्यतया मौसम सफा रहने पूर्वानुमान गरिएको छ ।

LEAVE A REPLY