काठमाडौँ । ताप्लेजुङमा भूकम्प गएको छ । आज बिहान २ बजेर ४७ मिनेटमा कञ्चनजंघा आसपासमा क्षेत्रमा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
उक्त भूकम्पको धक्का पूर्वी नेपालका विभिन्न जिल्लामा महसुस गरिएको थियो । भूकम्पले क्षति पुर्याएको विवरण छैन ।








