को को विरुद्ध पर्योआयोगमा सामाजिक सञ्जालसम्बन्धी बढी उजुरी ?

२९ माघ, काठमाडौं । प्रत्यक्षतर्फ मनोनयनको करिब तीन साताको अवधिमा भौतिकको तुलनामा अभौतिकभर्चुअल प्रकृतिका आचारसंहिता उल्लंघनका घटनाहरु ज्यादा भेटिएका छन् ।
निर्वाचन आयोगले प्रत्यक्षतर्फको मनोनयन ६ माघपछिको तीन साताको अवधिमा करिब ५० जनालाई स्पष्टीकरण सोधेको छ ।
केही अपवादबाहेक अधिकांश स्पष्टीकरणहरु सामाजिक सञ्जालमा गरिएका पोष्ट र अभिव्यक्तिसँग सम्बन्धित छन् । केही ठाँउमा मात्रै पैसा बाँडेको, सरकारी स्रोतसाधन दुरुपयोग गरेको र मापदण्ड विपरीत प्रचार सामग्री राखेको भन्ने आरोप छ । केही प्रमुख उम्मेद्वारहरुविरुद्ध परेका उजुरीहरु नै सामाजिक सञ्जालमा भएका पोष्टसँग सम्बन्धित छन् ।
नेपाल जनसेवा पार्टीका उम्मेदवार शोभा पाठकमाथि अर्को दलको उम्मेदवारमाथि घृणा र द्वेषपूर्ण अभिव्यक्ति दिएको भन्ने आरोप छ । उनले एमाले उम्मेदवार महेश बस्नेतको पोष्टमा कमेन्टविरुद्ध आयोगमा उजुरी परेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको झापा–५ का उम्मेदवार बालेन शाहविरुद्ध पनि उजुरी परेको छ । उनका प्रतिस्पर्धी उम्मेदवार केपी शर्मा ओलीले सार्वजनिक बहसका लागि आफू तयार रहेको अभिव्यक्ति दिएपछि शाहले भदौ २३ को घटनाप्रति इंगित गर्दै केही आरोपसहित बहसको प्रस्ताव अस्वीकार गरेका थिए ।
उजुरीकर्ताहरुले उनको कमेन्टले घृषा र द्वेष फैलाएको र त्यसले निर्वाचनको स्वच्छ प्रतिस्पर्धामा बाधा पुगेको भन्दै आयोगमा उजुरी दिएका हुन् । आयोगले उजुरी र त्यसको स्पष्टीकरणमाथि अध्ययन भइरहेको जनाएको छ, तर कुनै निर्णय गरिसकेको छैन ।
सिन्धुपाल्चोक–१ का नेकपाका उम्मेदवार माधव सापकोटाविरुद्ध पनि सामाजिक सञ्जालमा अमर्यादित पोष्टहरू गरेको आरोपमा उजुरी परेको छ, जसको प्रतिक्रिया स्वरुप निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो ।
ढोरपाटन शिकार आरक्षको कार्यालयका प्रमुख रामदेव चौधरीविरुद्ध पनि उजुरी परेको छ । उनले मकवानपुर–२ का एमाले उम्मेदवार महेश बर्तौलाविरुद्ध सामाजिक सञ्जालमा कमेन्ट लगेको आरोप लागेको छ ।
भर्चुअल प्रतिक्रिया र आक्रोश बाहेक उम्मेदरहरु विवादास्पद अभिव्यक्तिका कारण पनि स्पष्टीकरणमा परेका छन् । काठमाडौं–४ मा राप्रपाका उम्मेदवार डा.सुरेन्द्र भण्डारीमाथि पनि आयोगले स्पष्टीकरण सोधेको छ ।

LEAVE A REPLY