अर्किड प्यूपल सेकेण्डरी स्कूलको विजयी सुरुआत, फाइनल फाल्गुन ९ गते हुने

काठमाडौँ । आयोजक अर्किड प्युपल सेकेन्डरी स्कुलले १० औँ अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ । अर्किडको ‘ए’ र ‘बी’ दुवै टोलीले जित हात पा¥यो ।
काँडाघारीस्थित घरेलु मैदानमा अर्किड ‘ए’ ले हिलारीलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो ।
अर्को खेलमा अर्किड ‘बी’ ले प्रीतिमालाई १–० गोलले हरायो । कविन थापाले निर्णायक गोल गरे । प्रतियोगिताको राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राईले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा अर्किडका संस्थापक प्रेमकुमार भुजेल, नेसनल प्याब्सन काठमाडौंका अध्यक्ष अमृत खड्का, नेरिक एकेडेमीका प्रिन्सिपल मिलन केसी, विश्वज्ञान पाठशालाका प्रिन्सिपल मातृका कार्कीलगायतको उपस्थिति रहेको थियो ।
नकआउट प्रतियोगितामा ४६ टिम सहभागी छन् । शीर्ष चार स्थान हासिल गर्ने टिमले क्रमशः ४० हजार, २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । फाइनल फागुन ९ गते हुनेछ ।

LEAVE A REPLY