तारिक रहमानले आज अपराह्न शपथ ग्रहण गर्ने

५ फागुन, काठमाडौं ।बंगलादेशका नवनिर्वाचित भावी प्रधान मन्त्री तारिकरहमानले आज अपरान्ह ४ वजे प्रधानमन्त्री पदका लागि शपथ ग्रहण गर्दैछन। शपथ ग्रहण भए पछि बंगलादेशले नवनिर्वाचितसरकार पाउने भएको छ । विद्यार्थी आन्दोलनको १६ महिनापछि बंगलादेशले आज मंगलबार जननिर्वाचित सरकार पाउने भएको हो । बंगलादेश नेशनलिस्ट पार्टी बीएनपी का अध्यक्ष तारिक रहमान बंगलादेशमा प्रधानमन्त्री नियुक्त हुँदैछन् ।
नोवेल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्तको अन्तरिम सरकार १६ महिना पछि निर्वाचित सरकारलाई सत्ता सुम्पिदै छ । अन्तरिम सरकारका मुख्य सल्लाहकार युनुसले सोमवार राति आफ्नो विदाई भाषणमा पद छोड्ने घोषणा गरेका थिए ।
१२ फेब्रुअरी मा भएको आमनिर्वाचनमा बीएनपी गठबन्धनले २१२ सिट जितेर दुईतिहाइ बहुमत हासिल गरेको थियो । यस्तै जमात–ए–इस्लामी गठबन्धनले ७७ सिट जितेको छ ।
बीबीसीका अनुसार प्रधानमन्त्री र मन्त्रिपरिषद् सदस्यहरूको शपथ ग्रहण समारोह अपराह्न ४ बजेका लागि तय गरिएको छ ।

LEAVE A REPLY