यसपालीको निर्वाचनमा कस्तो उम्मेदवारलाई भोट हाल्ने?

जी आचार्य
काठमाडौं । जेनजी आन्दोलनका कारण २०८४ मा हुनुपर्ने निर्वाचन अबका केही दिनपछि अर्थात् फागुन २१ गते हुँदैछ । मुलुकलाई लयमा फर्काउने एक मात्र माध्यम निर्वाचन नै हो । यसमा भाग लिन विभिन्न राजनीतिक दलका युवा, बुढा उमेरका उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त छन् । मत हातपार्नका लागि कहिले जनता सामु नपुगेका उम्मेदवारहरु पनि मतदाताको घरमा पुगेर हात जोड्ने, गोडा ढोग्ने, काम सघाइदिने जस्ता काम गरीरहेका छन् । विगतमा झैं खोक्रा नारा लिएर घर घर पुग्ने उम्मेदवारलाई अब मतदाताले कस्लाई विश्वास गर्ने ,कस्लाई के प्रश्न गर्ने , भन्ने बारे मतदाताहरु अलमलमा परेको देखिन्छ । आफ्ना प्रश्न र जिज्ञासाहरु जे जे भए पनि हामी मतदाताले एउटा प्रश्न गरी त्यसको समाधान निकाल्ने प्रतिबद्धता जस्ले जाहेर गर्दछ उसैलाई आफ्नो अमुल्य मत दिएर संसदमा पुर्याउनु पर्दछ । हामीले नगरी नहुने प्रश्न चाही तपाई भ्रष्टाचार विरुद्धको अभियानका लागि कडा कानून बनाउने र त्यसको निष्पक्ष रुपमा परिपालन गर्ने प्रतिबद्धता गर्न सक्ने कि नसक्ने भन्ने हो । यस प्रश्नमा जसले प्रतिबद्धता जाहेर गर्दछ उसैलाई मत दिनु पर्दछ । मुलुकलाई चाहिएको समृद्धि र सुशासन हो । यो ल्याउने भनेको हाम्राले होइन राम्राले हो । मुलुकलाई यो अवस्थामा पुर्याएको आफ्नै दल र आफ्नै मान्छे रोज्नाले हो । त्यसैले जसका भिजन राम्रा र पत्यारीला छन् उनैलाई आफ्नो अमुल्य मत दिन बुद्धिमानी ठहर्छ ।
मुलुकमा सबैभन्दा मुख्य काम भनेको भ्रष्टाचारको नियन्त्रण गर्नु, भ्रष्टाचारीको स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गरी कडा कारवाही अगाडि बढाउनु हो । तर दलहरुले यस्तो काम न पहिले गरे, न अव नै गर्ने छन, नारामा सुशासन ल्याउछौ. त भन्दछन् तर जिब्रो चपाएर कुरा गर्दै भोट माग्न घरदैलोमा व्यस्त छन । कडा कारवाही भनेको सायद भ्रष्टाचारीलाई मृत्युदण्ड र सर्वश्वहरण पनि हुन सक्छ । यो एउटा भर पर्र्र्दाेउपाय हो । मुलुकमा भ्रष्टाचार पूर्ण रुपमा नियन्त्रण नभएसम्म विकास सम्भव छैन । र कडा कानून निर्माण र त्यसको निष्पक्ष रुपमा परिपालना नभएसम्म भ्रष्टाचार नियन्त्रण हुँदैन । सुशासन पनि धेरै टाढा रहन्छ ।
जेनजीहरुको माग पनि भ्रष्टाचार नियन्त्रण र सुशासन नै हो । यो ल्याउनका लागि भ्रष्टाचार विरुद्धको कडा कानून अपरिहार्य छ । चुनावमा घरदैलो गर्ने सबै उम्मेदवार स्वच्छ छविका छैनन् । त्यसैले नयाँ वा पुराना जस्ता उम्मेदवार भए पनि उसको विगत र वर्तमानलाई हेरेर भविष्यको लागि योग्य र सक्षम उम्मेदवारलाई मत दिन आवश्यक छ । जसले विगतका नराम्रा क्रियाकलापहरु फेरि नदोहोर्याओ । १६५ वटै निर्वाचन क्षेत्रका मतदाताहरुले यस बारेमा गहन मनन पछि मात्र आफ्नो अमुल्य मत प्रदान गर्नु बुद्धिमानी देखिन्छ । हाम्रा आवश्यकता अनगिन्ती छन् तर यी आवश्यकता भन्दा मुख्य आवश्यकता भनेको सुशासन स्थापना गर्नु नै हो । सुशासनको विजारोपण गर्नु भनेको भ्रष्टाचार पूर्ण रुपमा नियन्त्रण गर्नु हो ।

LEAVE A REPLY