काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिदै छ । कुन पार्टीले कहाँ जित्ला भनेर प्रारम्भिक आँकलन भइरहेको छ । त्यसमध्ये झापा क्षेत्र नं.५ मा सबैको ध्यान गइरहेको
छ । यस्तो चासो हुनुमा त्यस क्षेत्रमा पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी९रास्वपा०का वरिष्ठ नेता बालेन शाह चुनावी प्रतिस्पर्धामा छन् । उनीहरु दुवै जनालाई उनीहरुको पार्टीले भावी प्रधानमन्त्रीको रुपमा मैदानमा उतारेको छ । यसअघिको कुनै पनि निर्वाचनमा यस्तो प्रतिस्पर्धा हुने गरेको थिएन । मतदाताहरुले दुवै जना देशको लागि चाहिने व्यक्ति भने पनि अन्तिममा सो क्षेत्रमा कसले जित्छ भन्ने अवस्था छैन । एमाले र रास्वपा दुवैले सो क्षेत्रलाई केन्द्रका रुपमा लिएको अवस्था छ ।
खासगरी ओली आफु पटक पटक प्रधानमन्त्री हुँदा त्यस क्षेत्रमा धेरै विकास निर्माण गर्दै छन् भने बालेन आफुले जिते त्यस क्षेत्रमा ओलीलेभन्दा बढी विकास गर्ने मतदातासँग बाचा गरिरहेको अवस्था छ । बालेनले काठमाडौं महानगरपालिकामा पनि राम्रो काम गरेको झापाली जनतामाझ उदाहरण पेश गरिरहेका छन् ।
राष्ट्रिय राजनीति कसरी तातेको छ, चुनाव कुन मोडमा गइरहेको छ, झापा क्षेत्र नं.५ लाई हेरे पुग्छ । एकातिर सत्ता, अनुभव र संस्थागत पहुँचको प्रतिनिधित्व गर्ने पुरानो शक्ति छ । अर्कोतिर नवीनता, पारदर्शिता र जनमुखी राजनीति चाहने नयाँको स्वर छ । मुख्यगरी यी दुई ध्रुव ठोक्किने केन्द्रविन्दु बनेको छ झापा ५ । यो क्षेत्रलाई यसअघि भन्दा बेग्लै लिइनु एक अर्थले स्वभाविक हो । निर्वाचन जति नजिकिदै छ, त्यतिनै झापा ५ मा के हुन्छ भनेर देशव्यापी चासोको विषय बनिरहेको छ । राजनीतिक बहसको केन्द्र बनेको छ । चिया पसलदेखि ठूला घरानासम्मा यसैले चर्चाको विषय बनेको छ । यस क्षेत्रमा चर्चाको विषय बनेको छ । यस क्षेत्रमा रास्वपा र एमाले बाहेककाले उम्मेदवार उठाए पनि चर्चा भने ओली र बालेन कै छ । एमाले र रास्वपा दुवै पार्टीका शक्तिशाली नेताहरु ओली र बालेनलाई जिताउन सक्रिय रहेको अवस्था छ । त्यसो त यति बेला देशव्यापी रुपमा रास्वपाको पक्षमा लहर र चासो छ भनिन्छ, त्यस्तै पनि देखिन्छ । यस अघिको प्रतिनिधि सभाको निर्वाचनमा रास्वपा अध्यक्ष रवि लामिछाने चर्चाको केन्द्रमा थिए । यसपटक रास्वपाले भावी प्रधानमन्त्रीका रुपमा बालेन शाहलाई उम्मेदवार बनाएको चर्चा उनको बढी छ । त्यसो त बालेन राजधानी काठमाडौंमा निकै चर्चामा थिए अहिले पनि छन् । बालेन उठे काठमाडौंको जुनसुकै क्षेत्रमा जित्ने अवस्था हुँदाहुँदै किन ओलीसँग टक्कर लिन पुगे भन्नेहरु छन् । तर विगतमा जेनजीको तारो ओली भएकाले ओलीलाई नै हराउनु पर्छ भनेर बालेन झापा ५ पुगेको रास्वपाका नेताहरु बताउँछन् । यसरी हेर्दा झापा ५ ले भावी प्रधानमन्त्रीका दुवै उम्मेदवारमध्ये एउटालाई जिताउँनै पर्नेछ । बालेनको छवि राम्रो छ । माधव नेपालदेखि ईश्वर पोखरेलसम्मलाई अध्यक्षमा हराउँदै आएका ओलीले बालेनलाई हराउन सक्लान? यो झन् बढी चासोको विषय हो । पार्टीले जिते ओली हारे प्रधानमन्त्री बन्न नपाउने, बालेन हारे प्रधानमन्त्री बन्न नपाउने अवस्था छ । त्यसैले झापा ५ सबैको चासोको रुपमा देखापरेको छ ।









