काठमाडौं–२ मा राप्रपा र रास्वपाबीच प्रतिस्पर्धा

काठमाडौं । देशको मुटु राजधानी काठमाडौं क्षेत्र नं. २ मा पनि मतदाताको ध्यान गइरहेको देखिन्छ । यहाँका मतदाताले हरेक निर्वाचनमा नयाँ जनप्रतिनिधि चुन्दै आएकोले पनि यस पटक पनि यस क्षेत्रप्रति चासो बढेको हो । यो क्षेत्रमा अप्रत्यासित अनुहारसमेत निर्वाचित हुँदै आएका छन् । नानीमैया दाहाल, पद्मरत्न तुलाधर, मदन भण्डारी, मनमोहन अधिकारी, माधवकुमार नेपाल, झक्कु सुवेदीदेखि सोविता गौतमसम्म यो क्षेत्रबाट निर्वाचित भए । यो क्षेत्रमा माधवकुमार नेपाल दोहोर्याएर सांसद निर्वाचित भएको इतिहास छ ।
काठमाडौं क्षेत्र नं. २ मा १६ दल र २२ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । रास्वपाबाट सुनिल केसी, एमालेबाट मणिराम फुयाल, कांग्रेसबाट कविर शर्मा, नेकपाबाट नितेश पौडेल, राप्रपाबाट कुन्तीदेवी पोखरेल, नेकपाबाट उपेन्द्र कार्की, उज्यालो नेपाल पार्टीबाट पवन पोखरेल, नेमकिपाबाट तिलक बहादुर मगर, प्रलोपाबाट बालचन्द्र श्रेष्ठसहितका पार्टीका उम्मेदवार मैदानमा छन् । यस क्षेत्रमा रास्वपाका सुनिल केसी र राप्रपाका कुन्तीदेवी पोखरेलबीच प्रतिस्पर्धा हुने प्रारम्भिक अनुमान लगाइएको छ । रास्वपा उम्मेदवा सुनिल केसी भन्छन्– ‘सबैभन्दा ठूलो कुरा आफु पहिला इमान्दार हुने र त्यसपछि भ्रष्टाचारमा सुन्य सहनशिलताको नीतिमा रहेर इमान्दारीतापूर्वक देश र जनताका लागि काम गर्ने हो ।’
यसैगरी चुनावी प्रचारका क्रममा राप्रपा उम्मेदवार कुन्तीदेवी पोखरेलले भनिन्– ‘यहाँ प्रत्येक निर्वाचनमा सांसदहरु फेरिदै आएका छन् । नीति निर्माणसँगै यो क्षेत्रको विकास गर्नुपर्नेछ । ट्राफिक जामदेखि बाटोको समस्या, खानेपानीको समया छ । कृषि र पर्यटन विकास गर्नुपनृे छ । शालीनदी जस्ता धार्मिकस्थलहरुलाई विश्वभर प्रचार गरेर धार्मिक पर्यटन भित्र्याउनु पर्नेछ । स्मार्ट सिटी बनाउनुपर्ने छ । युवालाई स्वरोजगार बनाउनु पर्नेछ । अर्कोतर्फ राप्रपाको एजेण्डाराजसंस्था र हिन्दुराष्ट्र देशको लागि अति आवश्यक भइसकेको छ । यो काम पुरा गर्नुछ । राप्रपाले बहुमत ल्याउमा अध्यक्ष राजेन्द्र लिङ्देन प्रधानमन्त्री बन्नु हुनेछ र हामीले संविधान फेरेर राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापना गर्नेछौं ।’

LEAVE A REPLY