सुनसरी— ४ मा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप, प्रहरीले पार्यो तितर वितर

९ फागुन, सुनसरी । सुनसरीको भोक्राहा नरसिङ गाउपालिका ४ मा नेपाली कांग्रेसको चुनावी कार्यक्रममा प्रहरीद्धारा लाठीचार्ज भएको छ ।
सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने भोक्राहाको चुनावी कार्यक्रममा उम्मेदवार ज्ञानेन्द्र कार्की आफ्नो चुनावी सभालाई सम्बोधन गर्न गइरहेका थिए ।
बाटोमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका केही युवाहरूसँग जम्काभेटपछि विवाद बढेर हात हालाहाल भएको थियो । परिस्थिति असामान्य हुन लागेपछि प्रहरीले दुवै पक्षका कार्यकर्तालाई तितरवितर बनाउन लाठीजार्च गरेको प्रहरीले जनाएको छ ।
कांग्रेसको भ्रातृसंगठन तरुण दलका कार्यकता र रास्वपाका कार्यकतामाथि जाइलागेपछि निर्वाचन सुरक्षामा खटिएका प्रहरीले लाठीचार्ज गर्नुपरेको सुनसरीका एसपी केशव थेवेले बताए ।

LEAVE A REPLY