काठमाडौँ । काठमाडौंबाट सुर्खेत उडेको श्री एयरलाइन्सको जहाजको टायर पन्चर भएको छ।
सुर्खेत विमानस्थलमा अवतरणका क्रममा टायर पन्चर भएको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले नेपालखबरलाई जानकारी दिए।
दिउँसो ३ः५० बजे नियमित उडान नम्बर एसएचए १२३ ९एन–एओएल कलसाइनको जहाजको टायर पन्चर भएको हो। जहाजको पछाडिको बायाँतर्फको बाहिरपट्टिको टायर पड्किएको कम्पनीले जनाएको छ।
यसका बाबजुद विमान सुरक्षित रुपमा अवतरण भइसकेको हुदा कुनै क्षति व्यहोर्नु नपरेको कम्पनीको भनाइ छ।









