एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । उहाँका बुबा मोहनप्रसाद ओलीको आज बिहान ९७ वर्षको उमेरमा भक्तपुर गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री नगर अस्पतालमा निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए । उनको पार्थिव शरीरलाई भक्तपुरस्थित अध्यक्ष ओली निवास गुण्डु लगिने र आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । स्वर्गीय ओलीका दुई छोरा तीन छोरी रहेका छन् ।

LEAVE A REPLY