ग्लोबल आईएमई नेपालीका लागि डेडिकेटेड र पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले ‘नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग’ स्थापना गरेको छ ।
बिहीबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबीच बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहनु भएका चन्द्रप्रसाद ढकालले उक्त विभागको औपचारिक शुभारम्भ गर्नु भएको हो ।
नेपालमै पहिलो पटक सुरु गरिएको यस विभागमार्फत बैंकले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति, प्रविधि र सेवा संयन्त्रलाई एकीकृत गर्दै विश्वभर रहेका ग्राहकलाई एकद्वार प्रणालीमार्फत् सेवा प्रदान गर्नेछ ।
बैंकको यस विभागबाट विदेशमा रहेका नेपालीलाई सम्पूर्ण बैंकिङ सेवा बैंक खाता खोल्ने, कर्जा प्रदान गर्ने, ट्रान्जेक्सन बैंकिङ सम्बन्धी सेवा, पूँजीबजार तथा पोर्टफोलियो व्यवस्थापन लगायतका सेवा उपलब्ध गराउने बैड.को भनाई छ ।









