भक्तपुर, फागुन ३० गते । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुमा बसेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा सचिवालय सदस्यको उपस्थिति छ । अध्यक्ष ओली अहिले पितृशोकमै भए पनि पार्टीको छलफमा सहभागी भईरहनु भएको छ । । उहाँका ९७ वर्षीय पिता मोहनप्रसाद ओलीको शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा निधन भएको थियो ।
बैठकमा पार्टीको आन्तरिक व्यवस्थापन, समसामयिक राजनीतिक परिस्थिति र आगामी रणनीति लगायतका विषयमा छलफल भईरहेको छ । साथै, समानुपातिक सांसदको नाम टुङ्ग्याएर निर्वाचन आयोगमा पठाउने तयारी समेत रहेको बताइएको छ ।









