काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले संसदीय दलको बैठकबाट महत्वपूर्ण निर्णय गरेको छ।
पार्टीको केन्द्रीय कार्यालय धुम्बाराही, काठमाडौंमा बसेको बैठकले प्रतिनिधिसभाका निर्वाचित सदस्यहरूको उपस्थितिमा ज्ञान बहादुर शाही लाई सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन गरेको छ।
त्यसैगरी, संसदीय दलका नेताले खुश्बु ओली लाई मुख्य सचेतक मा नियुक्त गर्ने निर्णय गरेका छन्।
उक्त जानकारी पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेका हुन्।









