काठमाडौं । जेनजी आन्दोलनपछि नयाँ शक्तिका रुपमा उदाएका बालेन्द्र शाह नेतृत्वको सरकार हेर्न र मिलेर सहकार्य गर्न शक्ति राष्ट्रहरु आतुर देखिएका छन् । २०८२ फागुन २१ मा निर्वाचन सफल रुपमा सम्पन्न भएपछि र निर्वाचनमा रास्वपाले १८२ अर्थात ६६.१८ प्रतिशत सिट प्राप्त गरेपछि रास्वपाको पूर्व प्रतिबद्धता अनुसार पार्टीा वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री चयन गर्ने प्रक्रिया सुरु भएपछि शक्ति राष्ट्रहरु तथा दुई छिमेकी मुलुक चीन र भारत सहकार्य गर्न आतुर देखिएका हुन् । उनीहरुले बालेन नेतृत्वको सरकारसँग सहकार्य गर्न आतुर रहेको सन्देश समेत पठाएका छन् ।
नयाँ शक्तिका रुपमा उदाएका बालेनप्रति आम नेपाली जनता र विदेशी शक्ति राष्ट्रहरुले आशा र भरोसा गरेका छन् । शाहका विषयमा अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा खुबै चर्चा चलेको बताइन्छ । चुनावी प्रचार प्रसारकै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाले बालेनलाई प्रधानमन्त्री बनाउने शर्तमा चुनावी प्रचार प्रसारमा होमिएपछि देखिनै बालेनको बढ्दो प्रभाव बारे विश्वका प्रमुख सञ्चारमाध्यम र विभिन्न राष्ट्रले चासो व्यक्त गर्दै आएका छन् । २०७९ साल वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा लौरो चुनाव चिन्ह लिई अत्यधिक बहुमत सहित महानगर प्रमुख भएका ३५ वर्षीय युवा बालेन शाहले महानगर प्रमुख हुँदा पनि उल्लेखनीय काम गरेको प्रभाव छरेका कारण सरकारको नेतृत्व लिँदा पनि राम्रो काम गर्न सक्लान् भन्ने विश्वास देशी तथा विदेशीमा पर्न गएको छ । त्यसो त बालेन यसअघि राजनीतिक मुलधारमा रहेका व्यक्ति होइनन् तर राजनीतिमा मौन रहेरै धेरै बोल्ने र भाषण प्रेमीलाई झण्डै ४ गुणा मतले पछि पार्दै निर्वाचित भए । बालेन परम्परागत राजनीतिका मुलधारका व्यक्ति होइनन् । उनी मेयर हुनुअघि पेशाले इन्जिनयिर हुन् । गीतसंगीत उनको रुचीको विषय भएकाले उनलाई ¥यापर पनि भन्ने गरिन्छ । तर अहिले उनी देश हाँक्ने कार्यकारी नेतृत्वको दर्बिलो दाबेदारका रुपमा देखा परेका छन् । यो उनको ठूलो उपलब्धि हो । बालेनले यो उपलब्धि हासिल गरेसँगै उनलाई विदेशी मित्रराष्ट्रहरुबाट बधनाइको ओइरो लागि रहेको छ । भारत, चीन, अमेरिका, बंगलादेश, भुटान, पाकिस्तानलगायतका देशहरुका प्रमुखहरुले नेपालको लोकतान्त्रिक अभ्यासको प्रशंसा गर्दै नेपाली जनताले आकांक्षा र सहनशीलता प्रतिबिम्वित गरेको उल्लेख गरेका छन् । तर यसलाई कूटनीतिक विज्ञहरुले सावधानी पूर्वक विश्लेषण गर्नुपर्ने सुझाव दिएका छन् । सुझाव दिने विज्ञहरुमा पूर्व राजदूतहरु दिनेश भट्टराई, विजयकान्त कर्ण, दीपकुमार उपाध्यायलगायतका छन् । उनीहरुले जनताको अभूतपूर्व भरोसा र शक्ति राष्ट्रहरुको रणनीतिक चासो बिच नयाँ सरकारले कसरी सन्तुलन मिलाउँछ भन्ने कुरा नै आगामी दिनको मुख्य कसी हुने बताएका छन् ।
यता निर्वाचनको अन्तिम परिणाम आएसँगै रास्वपाले पूर्वप्रतिबद्धता अनुसार पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री चयनका लागि तयारी सुरु गरेको छ । तयारीका क्रममा नेपालको संविधान २०७२ को धारा ७६९१० अनुसार बहुमतको सरकार निर्माण गर्न पार्टीका तर्फबाट प्रस्ताव गर्न अन्तरपार्टी कानुनी अवरोध हटाइने भएको छ । रास्वपाले आफ्नो विधान अनुसार व्यवस्थामा संशोधन गर्दै वरिष्ठ नेतालाई प्रधानमन्त्री प्रस्ताव गरेर संसदीय दलको नेता बनाउने र कानून अनुसार उनैलाई प्रधानमन्त्री बनाउने तयारी गरिरहेको छ । तयारीपछि नेपालको संविधान ७६ (१० ) अनुसार बहुमत प्राप्त दलका नाताले बालेन शाहलाई प्रधानमन्त्री बनाइदैछ । यसका लागि संविधानको धारा ६६ (८०) संशोधन गरिदै छ ।








