काठमाडौँ, चैत १० गते । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर अर्थात नयाँ बानेश्वरको अन्तराष्ट्रिय भवन भाडामा लिएर संसद् अधिवेशन गरिदै आएता पनि सो भवन जेनजी आन्दोलनका बेला खरानी बनाए पछि संसद बैठक बस्न ठाउँको अभाव भएको थियो । अवाभ पछि सुस्त गतिमा बन्दै गरेको संसद भवनलाई निर्माणकार्यमा तिव्रता दिएर १७ वर्षपछि सिंहदरबारस्थित आफ्नै नवनिर्मित भवनमा बैठक बसाएर यही चैत्र १२ गते नवनिर्वाचित २७५ जना सांसदहरुको शपत ख्वाउने तयारी भएको बताईएको छ ।
विसं २०६४ चैत २८ गते भएको निर्वाचनबाट ६०१ सदस्यीय संविधानसभा गठन भएपछि पुरानो संसद् ग्यालरी बैठक भवन साँघुरो भए पछि संसद्को अधिवेशन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आएको थियो ।
संविधानसभा अघिसम्मअघि संम संसद् बैठक सिंहदरबारस्थित पुरानो संसद् ग्यालरी बैठक भवनमा बस्दै आएको थियो । विसं २०१६ देखि प्रारम्भ भएको नेपालको संसदीय इतिहास त्यहीँ भवनबाट सुरु भएको थियो ।
सङ्घीय संसद सचिवालयले संविधानसभा बैठकका लागि २०६५ जेठदेखि भाडा र कर्मचारी परिचालनसहित वार्षिक पाँच करोड ६० लाख तिर्ने गरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिसँग सम्झौता गरेको थियो ।
समितिका वरिष्ठ कार्यक्रम संयोजक दीपेन्द्रविक्रम सिंहका अनुसार उक्त भाडा प्रत्येक वर्ष १० प्रतिशतले वृद्धि भई पछिल्लो समय गत असोजसम्म पुग्दा वार्षिक १६ करोड ५० लाख पुगेको थियो ।
सचिवालयले संसदीय गतिविधिका लागि समितिको १५३ रोपनी क्षेत्रफलमा रहेका मुख्य सभा हलसहित आठ विभिन्न हल, विशिष्ट कक्ष, पार्किङ, बगैँचालगायत प्रयोग गर्दै आएको संयोजक सिंहले बताउनुभयो ।







