बहालवाला न्यायाधीशको सम्पत्ति छानबिन आयोगको दायरामा राखिएको विरुद्ध सर्वाेच्चमा रिट दायर काठमाडौं । बहालवाला न्यायाधीशलाई समेत सम्पत्ति छानबिन आयोगको दायरामा राखेको विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता डा. प्रेमराज सिलवालले सर्वोच्चमा दायर गरेको रिटलाई बुधबारको पेसी तोकिएको छ । मन्त्रिपरिषद्ले यही वैशाख २ गते गठित सम्पत्ति छानबिन आयोगको कार्यादेशमा उजुरी परेमा बहालवाला न्यायाधीशको सम्पत्ति छानबिन गर्ने अख्तियारी दिएको छ आयोग गठनसँगै राजपत्रमा प्रकाशित कार्यादेशको १७ ख मा भनिएको छ, “बहालवाला न्यायाधीश वा नेपाली सेना वा यस आयोगको कार्यक्षेत्रमा नपरेका अन्य पदाधिकारी वा कर्मचारीको हकमा उजुरी प्राप्त भएमा अनुसन्धानका लागि सम्बन्धित निकायमा लेखी पठाउने ।” यो व्यवस्था नेपालको संविधान धारा १०१ अनुसार महाभियोेगबाट हटाएपछि मात्र छानविबन हुने प्रावधानसँग बाझिएको दाबीसहित सिलवालले रिट दायर गरेका हुन् । यसअघि सिलवालले सरकारले गठन गरेको आयोगले संवैधानिक अंगको रूपमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका र कार्यक्षेत्र खोसेको भन्दै रिट दायर गरेका छन् । उक्त रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै सरकारको लिखित जवाफ माग गरेको छ ।

काठमाडौं । बहालवाला न्यायाधीशलाई समेत सम्पत्ति छानबिन आयोगको दायरामा राखेको विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता डा. प्रेमराज सिलवालले सर्वोच्चमा दायर गरेको रिटलाई बुधबारको पेसी तोकिएको छ ।
मन्त्रिपरिषद्ले यही वैशाख २ गते गठित सम्पत्ति छानबिन आयोगको कार्यादेशमा उजुरी परेमा बहालवाला न्यायाधीशको सम्पत्ति छानबिन गर्ने अख्तियारी दिएको छ
आयोग गठनसँगै राजपत्रमा प्रकाशित कार्यादेशको १७ ख मा भनिएको छ, “बहालवाला न्यायाधीश वा नेपाली सेना वा यस आयोगको कार्यक्षेत्रमा नपरेका अन्य पदाधिकारी वा कर्मचारीको हकमा उजुरी प्राप्त भएमा अनुसन्धानका लागि सम्बन्धित निकायमा लेखी पठाउने ।”
यो व्यवस्था नेपालको संविधान धारा १०१ अनुसार महाभियोेगबाट हटाएपछि मात्र छानविबन हुने प्रावधानसँग बाझिएको दाबीसहित सिलवालले रिट दायर गरेका हुन् । यसअघि सिलवालले सरकारले गठन गरेको आयोगले संवैधानिक अंगको रूपमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका र कार्यक्षेत्र खोसेको भन्दै रिट दायर गरेका छन् । उक्त रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै सरकारको लिखित जवाफ माग गरेको छ ।

LEAVE A REPLY